Like us!
Follow us!
Connect us!
Watch us!

नाफामा अब्बल बन्दै प्राइम बैंक

मंगलबार, १६ माघ २०७४, ११ : ४९ मा प्रकाशित

नाफामा अब्बल बन्दै प्राइम बैंक

अर्थ संसार, काठमाडौं– पछिल्लो समय प्राइम बैंक लिमिटेड नाफामा अब्बल बन्दै गएको छ । चालु आर्थिक वर्ष २०७४/७४ को पुसमसान्त सम्मको बैंकले सार्वजनिक गरेको वित्तीय विवरणले प्रष्ट देखाउछ ।

बैंकले सार्वजनि गरेको दोस्रो त्रैमासमा ७१ करोड ५१ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । जन गत बर्ष बैंककले  ५५ करोड ९७ लाख १७ हजार रुपैयाँ मात्र कमाएको थियो । यसको अनुपात हेर्दा गत बर्षको भन्दा नाफामा २७.७६५ प्रतिशत धेरै हो ।

 बैंकको खुद ब्याज आम्दानी पनि २८.९९५ बढेर १ अर्ब ४ करोड २५ लाख १५ हजार रुपैयाँ पुगेको छ । गत वर्ष बैंकले ८० करोड ८१ लाख ५७ हजार रुपैयाँ मात्र खुद ब्याज आम्दानी गर्न सफल भएको थियो । बैंकले सञ्चालन नाफा पनि ७३ करोड ४१ लाखबाट बढाएर ९४ करोड ४६ लाख २९ हजार रुपैयाँ पुर्याएको छ ।

प्राइमको खुद नाफा बढ्नमा खुद ब्याज आम्दानी र सञ्चालन नाफाले सहयोग गरेको देखिन्छ । बैंकले १३ करोड ९ लाख १८ हजार रुपैयाँ राइट ब्याक गरेको छ ।

निक्षेप ५५ अर्बबाट बढोत्तरी गरेर ७१ अर्ब ६ करोड ८ लाख ९१ हजार रुपैयाँ पुर्याएको बैंकले प्राइमले ६२ अर्ब ६० करोड १२ लाख ६८ हजार रुपैयाँ कर्जा लगानी गर्न सफल भएको छ । गत वर्ष बैंकले ४६ अर्ब ५ करोड रुपैयाँ मात्र कर्जा लगानी गरेको थियो । बैंकले निक्षेप कोषलाई दरिलो बनाउँदै गएको देख्न सकिन्छ ।

5a703c772642f.jpg 5a703c7b4335e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको