Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल लाइफद्वारा १०,००,००,००,०० रुपैयाँ बराबरको प्रथम बीमा शुल्क आर्जन, जीवन बीमा क्षेत्रमा ऐतिहासिक कीर्तिमान

अर्थ संसार

विहीबार, ०१ साउन २०८२, ०८ : २५ मा प्रकाशित

नेपाल लाइफद्वारा १०,००,००,००,०० रुपैयाँ बराबरको प्रथम बीमा शुल्क आर्जन, जीवन बीमा क्षेत्रमा ऐतिहासिक कीर्तिमान

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना स्थापनाको २५औँ वर्षमा प्रवेश गर्दै १० अर्ब रुपैयाँ बराबरको प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएको छ। कम्पनीले यो उपलब्धिसँगै नेपालको जीवन बीमा क्षेत्रमा ऐतिहासिक रेकर्ड कायम गरेको घोषणा गरेको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले यस उपलब्धिमा साथ दिने सबै सरोकारवालाप्रति आभार व्यक्त गर्दै भने, “सञ्चालक समिति, बीमितहरू, बीमा अभिकर्ता, कर्मचारी, शेयरधनी, नियामक निकाय र अन्य सरोकारवालाको सहयोगबिना यो उपलब्धि सम्भव थिएन।”

उनका अनुसार, यो कीर्तिमानले नेपालको बीमा क्षेत्रलाई नयाँ उचाइतर्फ डोर्याउनेछ र समग्र बीमा बजारको विकासमा प्रेरणादायी बन्नेछ।

नेपाल लाइफले प्रविधिमैत्री प्रणालीहरूको अधिकतम प्रयोग, नवीन बीमा योजनाहरूको विकास, लगानी विविधीकरण, तथा कर्मचारी र अभिकर्ताहरूको क्षमता अभिवृद्धि मार्फत आगामी दिनहरूमा आम जनतामाझ अझ प्रभावकारी र विश्वस्तरीय बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

 

68786367509a5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको