नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/०८१ को बीमाङ्कीय प्रतिवेदनका आधारमा नयाँ बोनस दर सार्वजनिक गरेको छ। पुस १२ गते नेपाल बीमा प्राधिकरणबाट स्वीकृति पाएपछि कम्पनीले यसबारे जानकारी दिएको हो।
सावधिक जीवन बीमालेख योजनाका अन्तर्गत, बीमितहरूले बीमा अवधिको आधारमा प्रतिहजार न्यूनतम ६० रुपियाँदेखि अधिकतम ८२ रुपियाँसम्म बोनस पाउनेछन्। यस योजनामा समावेश रहेका बीमा योजना:
सावधिक जीवन बीमालेख अन्तर्गतकै नौलो योजनाहरूमा बोनस दर निम्न प्रकारका छन्:
नौलो सुरक्षित र नौलो केटाकेटी जीवन बीमा योजना:
बीमितले बीमा अवधिअनुसार न्यूनतम ६५ रुपियाँदेखि अधिकतम ८२ रुपियाँसम्म बोनस पाउने।
जीवन समुन्नत बीमा योजना:
यस योजनामा बीमितहरूले न्यूनतम ५६ रुपियाँदेखि अधिकतम ७० रुपियाँसम्म बोनस पाउनेछन्।
सावधिक जीवन बीमालेख अन्तर्गतको 'सुनौलो भविष्य जीवन बीमा योजना' (विकल्प १ र विकल्प २) मा बीमितहरूले बीमा अवधिअनुसार न्यूनतम ६० रुपियाँ र अधिकतम ६५ रुपियाँसम्म बोनस पाउने छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस