आईएमई पे र खल्ती वालेट मर्ज भई आज (साउन १ गते) देखि ‘खल्ती बाइ आईएमई’ नाममा एकीकृत कारोबारको सुरुवात भएको छ। एउटै एपमा सेवा एकीकृत भएसँगै अहिले सम्म यी दुई वालेटमा आबद्ध रहेका जम्मा १ करोड २७ लाखभन्दा बढी सेवाग्राही नयाँ प्रणालीमा समेटिएका छन्, कम्पनीले जनाएको छ।
मर्जरसँगै गठन भएको नयाँ कम्पनी ‘आईएमई खल्ती लिमिटेड’ को चुक्ता पुँजी ५४ करोड रुपैयाँभन्दा बढी पुगेको छ। सेवाग्राहीको संख्या र पुँजीको आधारमा ‘खल्ती बाइ आईएमई’ हाल देशकै सबैभन्दा ठूलो डिजिटल वालेटको रूपमा स्थापित भएको छ।
आईएमई पे र खल्तीले झन्डै एक दशकदेखि डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आएका थिए। आपसी एकीकरणपछि अब यी दुबै संस्थाको प्रविधि, पहुँच र अनुभव एकै स्थानमा उपलब्ध हुने भएको छ, जसले प्रयोगकर्तालाई थप सहज, सुरक्षित र भरपर्दो सेवा दिने अपेक्षा गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस