नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष राम बहादुर यादबले नयाँ मौद्रिक नितिले अन्य क्षेत्रलाई जस्तै लघुवित्तलाई पनि सहज हुने निति लिएको बताएका छन् । आजदेखि कार्यान्वयन भएको मौद्रिक नितिले समग्र क्षेत्रका साथै लघुवित्तहरुलाई पनि धेरै राहत मिलेको उनले बताएका हुन् । मौद्रिक नितिले लघुवित्तको ब्याजदर र लाभांश वितरण सम्बन्धमा गरेको व्यवस्थाले निकै सहज महसुश भएको उनको भनाइ छ ।
यसले लघुवित्त क्षेत्रमा सकारात्मक प्रभाव पर्ने उनको विश्वास छ । लघुवित्तको ब्याजदर स्थिर रहेकोमा अहिले त्यसमा पनि केही परिमार्जन भएको उनले बताए ।
त्यस्तै लघुवित्तको लाभांशको विषय जसले जति सक्छ लाभांश वितरण गर्न पाउनु पर्ने उनको भनाइ छ । त्यस्तै बिना धितोको कर्जामा पनि पुनःविचार गर्ने भनिएको छ । यसले पनि लघुवित्तलाई राम्रो गर्ने उनले बताए । यसरी हेर्दा नयाँ मौद्रिक निति समग्रमा सकारात्मक नै रहेको उनको भनाइ छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस