Like us!
Follow us!
Connect us!
Watch us!

साफ यू–२० महिला च्याम्पियनसिप-श्रीलंकाविरुद्ध नेपालको फराकिलो जित

अर्थ संसार

विहीबार, ०१ साउन २०८२, १७ : ३६ मा प्रकाशित

साफ यू–२० महिला च्याम्पियनसिप-श्रीलंकाविरुद्ध नेपालको फराकिलो जित

साफ यू–२० महिला च्याम्पियनसिप अन्तर्गत श्रीलंकासँगको दोस्रो खेलमा पनि नेपाल फराकिलो जित निकालेको छ । बिहीबार दिउँसो भएको खेलमा नेपालले श्रीलंकालाई ७–० गोलअन्तरले पराजित गरेको हो । 

बंगलादेशको ढाकास्थित बसुन्धरा स्पोट्र्स ग्राउण्डमा भएको खेलमा नेपालले पहिलो हाफमा ४ गोल गर्दा दोस्रो हाफमा ३ गोल थप्यो । नेपालका लागि समिक्षा मगरले २ गोल गर्दा पूर्णिमा राई, कुसुम खतिवडा, सरिता नाथ र बिर्सना चौधरीले एक–एक गोल गरे । यस्तै एक गोल आत्मघाती गोल उपहार पाएको थियो ।

यसअघि श्रीलंकासँगको पहिलो खेलमा पनि नेपाल ७–० ले विजयी भएको थियो । जितपछि नेपाल ४ खेलमा ९ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । एक खेल कम खेलेको बंगलादेश ३ खेलमा अपराजित रहेर ९ अंकका साथ गोलअन्तरमा पछाडि रहेर हाल दोस्रोमा छ । बंगलादेशले बेलुका भुटानसँग खेल्नेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको