Like us!
Follow us!
Connect us!
Watch us!

दुई वर्षपछि श्रमिकको तलब संरचनामा फेरबदल,न्यूनतम तलब १९ हजार ५५० पुग्यो

अर्थ संसार

शुक्रबार, ०२ साउन २०८२, ११ : ०० मा प्रकाशित

दुई वर्षपछि श्रमिकको तलब संरचनामा फेरबदल,न्यूनतम तलब १९ हजार ५५० पुग्यो

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिक तथा कर्मचारीको न्यूनतम पारिश्रमिक संरचनामा फेरबदल गरी नयाँ दर लागू गरेको छ। मन्त्रालयले असार ३२ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार साउन १ गतेदेखि लागू हुने गरी पारिश्रमिक वृद्धि गरिएको जानकारी बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

नयाँ व्यवस्थाअनुसार, मासिक तलब पाउने मजदुर वा कर्मचारीले कुल १९ हजार ५५० रुपैयाँ पारिश्रमिक पाउनेछन्। यसमध्ये १२ हजार १७० रुपैयाँ आधारभूत तलब र ७ हजार ३८० रुपैयाँ महँगी भत्ता रहनेछ। यसअघि २०८० साउन १ गतेदेखि लागू हुने गरी सरकारले श्रमिकको न्यूनतम तलब १७ हजार ३ सय रुपैयाँ तोकेको थियो। नयाँ संरचनाले गर्दा कुल पारिश्रमिकमा २ हजार २५० रुपैयाँको वृद्धि भएको हो।

अब घण्टे काम गर्ने श्रमिकका लागि १०१ रुपैयाँ प्रतिघण्टा पारिश्रमिक तय गरिएको छ। यसमा ६३ रुपैयाँ आधारभूत तलब र ३८ रुपैयाँ भत्ता हुनेछ। दैनिक ज्यालादारी श्रमिकलाई पनि नयाँ दर लागू हुनेछ। उनीहरूले ७५४ रुपैयाँ न्यूनतम दैनिक पारिश्रमिक पाउनेछन् — जसमा ४७० रुपैयाँ आधारभूत र २८४ रुपैयाँ महँगी भत्ता समावेश हुनेछ।

चिया बगान क्षेत्रमा कार्यरत श्रमिकहरूको न्यूनतम पारिश्रमिक भने अझै सरोकारवाला निकायहरूसँगको छलफलपछि निर्धारण गरिने जनाइएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको