सानिमा बैंकले इ कम भिसा कार्ड प्रयोगकर्ताहरुका लागि नलाईन मार्फत कार्यडमा टप अप गर्न मिल्ने सुविधाको सुरुवात गरेको छ । अब इ कम भिसा कार्ड प्रयोगकर्ताहरुले आफूलाई पायक पर्ने जुनसुकै समय र स्थानबाट सानिमा युएसडी इकम भिसा कार्डमा टप अप गर्न सक्नेछन् ।
बैंकका ग्राहकहरुले सानिमा सजिलो ई बैंकिङ एप वा बैंकको आधिकारिक वेबसाइटमा अनलाइन सर्भिसेस अन्तर्गतको कार्ड सर्भिसबाट इ कम अनलाइन पेमेन्ट मा आफ्नो विरण राखेर टप अप गर्न सक्ने बैंकले जनाएको छ । ग्राहकले बैंक खातामा रिजस्टर भएको मोबालइ नम्बर वा इमेल, बचत खाता नम्बर र उपलब्ध क्याप्चर राखेर टप अप को प्रक्रिया अघि बढाउन सक्ने बैंकले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस