भियतनाममा खराब मौसमका कारण डुंगा पल्टिँदा ३४ जनाको मृत्यु भएको छ । ८ जना बेपत्ता छन् । लोकप्रिय पर्यटकीय स्थल हालोङ्ग खाडीमा शनिबार दिउँसो डुंगा दुर्घटना भएको हो । सो डुंगामा धेरैजसो हनोईबाट आएका भियतनामी नागरिक थिए ।
पर्यटकहरु डुंगा चढेर रमाइरहेका बेला अचानक तुफान आएको थियो । सो तुफानले डुंगा पल्टाइदिएको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् । घटनास्थलमा खोज तथा उद्धारको काम जारी छ । उद्धारकर्ताले भारी वर्षाका कारण समस्या परिरहेको बताएका छन् । ‘विफा’ नाम दिइएको तुफानले जनधनको क्षति भियतनाममा क्षति पु¥याएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस