कञ्चनपुरको बेदकोटमा मोटरसाइकल र साइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
आइतबार राति म २ प ४९९७ नम्बरको मोटरसाइकल र साइकल कृषि चोकमा आपसमा ठोक्किँदा मोटरसाइकल चालक बेदकोट नगरपालिका–९ कृषि चोक बस्ने ३५ वर्षका श्याम दमाईको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार घटनापछि साइकल चालक बेपत्ता रहेका छन् । साइकल चालकको खोजतलास भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस