सुन आयतबाट करिब २ अर्ब रुपैयाँ बरारको राजस्व संकलन भएको छ ।
भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा सुन आयतबाट राज्यले १ अर्ब ८५ करोड ६८ लाख ६० हजार रुपैयाँ राजस्व प्राप्त गरेको हो ।
यो अवधिमा नेपालले वैधानिक माध्यमबाट झन्डै १ हजार ४०० किलो सुन आयात गरेको विभागको तथ्यांकले देखाएको छ । विभागका अनुसार गत आर्थिक वर्षमा नेपालले १३ लाख ८९ हजार ५१६ ग्राम सुन आयात भएको हो । जसको लागत १७ अर्ब १२ करोड ८९ लाख ५० हजार रुपैयाँ बराबर छ ।
उक्त आर्थिक वर्ष १८ खर्ब रुपैयाँ बराबरको वस्तु आयात भएकोमा सुन पहिलो १५ वस्तुभित्र परेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस