Like us!
Follow us!
Connect us!
Watch us!

नागरिक लगानी कोषले सिद्धार्थ बैंकको उपदान तथा अवकाश कोष सञ्चालन गर्ने

अर्थ संसार

बुधबार, ०७ साउन २०८२, ११ : ४३ मा प्रकाशित

नागरिक लगानी कोषले सिद्धार्थ बैंकको उपदान तथा अवकाश कोष सञ्चालन गर्ने

नागरिक लगानी कोष र सिद्धार्थ बैंक लिमिटेडबीच उपदान तथा अवकाश कोष सञ्चालनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतामा नागरिक लगानी कोषका तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र सिद्धार्थ बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले हस्ताक्षर गरेका हुन्।

सम्झौतासँगै सिद्धार्थ बैंकले हाल सञ्चालन गर्दै आएको योगदानमा आधारित तथा गैरयोगदानमा आधारित उपदान र अन्य अवकाश कोष नागरिक लगानी कोषमा हस्तान्तरण भएको छ। अब बैंकमा कार्यरत करिब दुई हजार कर्मचारीको उपदान तथा अवकाशसँग सम्बन्धित सम्पूर्ण रकमको व्यवस्थापन नागरिक लगानी कोषमार्फत हुने भएको छ।

चालु आर्थिक वर्ष २०८२/८३ देखि नेपाल सरकारले आर्थिक ऐन, २०८२ मा संशोधन गर्दै अवकाश कोषलाई नागरिक लगानी कोषलगायतका मान्यताप्राप्त कोषहरूमा आबद्ध गराउनुपर्ने व्यवस्था गरेको थियो। सोही व्यवस्थाअनुसार सिद्धार्थ बैंकले आन्तरिक रूपमै सञ्चालन गरिरहेको अवकाश कोष नागरिक लगानी कोषमा हस्तान्तरण गरेको हो।

यससँगै, गत असार ३१ गते आन्तरिक राजस्व विभागले सार्वजनिक सूचना जारी गर्दै आयकर ऐन, २०५८ बमोजिम स्वीकृत प्राप्त सबै अवकाश कोषहरू सम्वत २०८३ सालको असार मसान्तभित्र नागरिक लगानी कोष वा अन्य स्वीकृत कोषहरूमा अनिवार्य रूपमा आबद्ध हुनुपर्ने जानकारी दिएको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको