सरकारले विश्व बैंकबाट विकास प्रभावकारिताका लागि सार्वजनिक वित्त परियोजनाका लागि प्रस्ताव गरिएको १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंकको १० मिलियन अमेरिकी डलर अनुदान स्वीकार गर्ने निर्णय गरेको हो ।
त्यस्तै विश्व बैंकसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय पनि भएको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । त्यस्तै मन्त्रिपरिषद् बैठकले अन्य विभिन्न १० वटा निर्णय गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस