Like us!
Follow us!
Connect us!
Watch us!

३२६ म्यानपावर कम्पनीको इजाजतपत्र निलम्बन

अर्थ संसार

विहीबार, ०८ साउन २०८२, १६ : ३१ मा प्रकाशित

३२६ म्यानपावर कम्पनीको इजाजतपत्र निलम्बन

वैदेशिक रोजगारीका लागि कामदार आपूर्ति गर्न नसकेका ३२६ म्यानपावर कम्पनीहरूको इजाजतपत्र वैदेशिक रोजगार विभागले निलम्बन गरेको छ। विभागले आर्थिक वर्ष २०८१/८२ मा आवश्यक न्यूनतम संख्यामा कामदार विदेश पठाउन नसकेका कारण ती कम्पनीहरूलाई निष्क्रिय मानेर अनुमति नवीकरण नगरेको हो।

वैदेशिक रोजगार ऐन, २०६४ अनुसार कुनै पनि म्यानपावर कम्पनीले एक वर्षमा कम्तीमा १ सय कामदार विदेश पठाउन नसकेको खण्डमा कानुनी रूपमा जोखिममा पर्ने प्रावधान छ। २०७५ सालदेखि लागू भएको संशोधित व्यवस्थाअनुसार दुई वर्षसम्म यो न्यूनतम सीमा पूरा गर्न नसके स्वचालित रूपमा इजाजतपत्र निष्क्रिय हुने व्यवस्था गरिएको छ।

सरकारले दक्ष, प्रभावकारी र अनुशासित श्रम बजार निर्माण गर्ने लक्ष्यसहित यो कदम चालेको विभागले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको