पूर्वगभर्नर चिरञ्जीवि नेपालले खर्च गर भनेर व्यक्तिको खातामा सरकारले नै पैसा नपठाएसम्म अर्थतन्त्र लयमा आउन नसक्ने बताएका छन् । नेपाली कांग्रेस वित्तीय संस्था समन्वय विभागले आयोजना गरेको वर्तमान अवस्थामा देशको वित्तीय तथा मौद्रिक स्थीति विषय अन्तरक्रियामा बोल्दै उनले अर्थतन्त्रमा सुधार ल्याउनका लागि सरकारले नै व्यक्तिको खातामा रकम पठाएर खर्च गर्न लगाउनु पर्ने बताएका हुन् ।
‘विकसित देशहरुमा सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन व्यक्तिको खातामा पैसा पठाइदिने गरेपनि नेपालमा कहिल्यै त्यस्तो हुन सकेको छैन,’ उनले भने, ‘अर्थतन्त्र चलायमान नभएका बेला विस्तारकारी ठूलो बजेट चाहिन्छ ।’ उनले ठूला आयोजनामा लगानी गर्ने बजेट, करका दर घटाउने बजेट आवश्यक पर्ने पनि बताए । ‘विकसित देशमा कतिको खातामै सरकारले खर्च गर भनेर पैसा नै पठाइदिन्छ । त्यस्तै नेपालमा पनि सरकारको बजेटबाट त्यसो गर्न सक्नुपर्छ,’ उनले भने ।
मौद्रिक नीतिले धेरै लचकता लिएको भन्दै उनले यसले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने भए पनि जोखिमहरु समेत धेरै रहेको बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस