Like us!
Follow us!
Connect us!
Watch us!

बजारबाट ५० अर्ब रुपैयाँ खिच्दै केन्द्रीय बैंक

अर्थ संसार

आइतबार, १८ साउन २०८२, १० : १० मा प्रकाशित

बजारबाट ५० अर्ब रुपैयाँ खिच्दै केन्द्रीय बैंक

नेपाल राष्ट्र बैंकले (आज) आइतबार बजारबाट ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता बढ्दै जाँदा केन्द्रीय बैंकले नियमित रुपमा तरलता प्रशोचन गर्दै आइरहेको हो । 

सोही अनुसार आज ४२ दिनका लागि उक्त रकम खिच्न लागेको हो । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागकाअनुसार निक्षेप संकलन उपकरणको प्रयोग गरी बोलकबोल मार्फत उक्त रकम खिच्न लागिएको हो । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्ने छ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । 

निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । यो ४२ दिने निक्षेप संकलन उपकरणको भदौ २९ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको