नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप घट्दै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार साउन १३ गतेको भन्दा साउन १४ गते निक्षेप संकलन घटेको हो ।
साउन १३ गतेसम्म ७२ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका बैंक तथा वित्तीय संस्थाहरुले साउन १४ गतेसम्मको अवधिमा ७२ खर्ब १९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको देखिन्छ । कुल निक्षेपमध्ये वाणिज्य बैंकहरुको मात्रै निक्षेप ६४ खर्ब ६७ अर्ब रुपैयाँ रहेको छ । वाणिज्य बैंकहरुको निक्षेप संकलन साउन १३ गतेसम्म ६४ खर्ब ७१ अर्ब रुपैयाँ रहेको थियो । केन्द्रीय बैंकको तथ्यांक अनुसार अन्य बैंक तथा वित्तीय संस्थाहरुले ७ खर्ब ५२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् ।
साउन १४ गतेसम्मको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले कुल ५५ खर्ब ६४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो साउन १३ गतेको भन्दा १ अर्ब रुपैयाँले धेरै हो । साउन १३ गतेसम्मको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले कुल ५५ खर्ब ६३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
कुल कर्जा प्रवाहमध्ये वाणिज्य बैंकहरुले ४९ खर्ब ४३ अर्ब लगानी गरेका छन् भने अन्य बैंक तथा वित्तीय संस्थाहरुले ६ खर्ब २१ अर्ब रुपैयाँ लगानी गरेका छन् । पछिल्लो समय अन्तर बैंक पनि घटेको छ । अहिले अन्तर बैंक ब्याजर २.७५ प्रतिशत रहेको छ । सीडीयो रेसियो भने ७६.०३ प्रतिशत रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस