Like us!
Follow us!
Connect us!
Watch us!

स्वाभिमान लघुवित्तको खुद नाफामा ८१९ प्रतिशतको उछाल - घट्यो खराब कर्जा, लाभांश क्षमता ६ करोडमाथि

अर्थ संसार

बुधबार, २१ साउन २०८२, १० : १९ मा प्रकाशित

स्वाभिमान लघुवित्तको खुद नाफामा ८१९ प्रतिशतको उछाल - घट्यो खराब कर्जा, लाभांश क्षमता ६ करोडमाथि

स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत बर्षको वित्तीय विवरण आज प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार स्वाभिमान लघुवित्तले अघिल्लो आवको तुलनामा नाफा र ईपीएसमा महत्वपूर्ण वृद्धि देखाएको छ।
खराब कर्जा घट्दै कम्पनीको आर्थिक स्थिति अझ बलियो हुँदै गएको छ।

खुद नाफा

कम्पनीले अघिल्लो आवको असार मसान्तसम्म ७८ लाख रुपैयाँ खुद नाफा कमाएकोमा गत आवको सोही अवधिसम्म ८१९ प्रतिशतले बढेर ७ करोड २३ लाख रुपैयाँ पुगेको छ।

खुद ब्याज आम्दानी/खुद सञ्चालन आम्दानी

त्यसैगरी गत वर्ष कम्पनीको खुद ब्याज आम्दानी पनि ११ करोड रुपैयाँबाट ८६.४३ प्रतिशतले बढेर २० करोड ५० लाख रुपैयाँ पुगेको छ भने खुद सञ्चालन आम्दानी ११ करोड २७ लाख रुपैयाँबाट ११९ प्रतिशतले बढेर २४ करोड ६८ लाख रुपैयाँ पुगेको छ।

सञ्चालन नाफा

अघिल्लो वर्षको असार मसान्तसम्म कम्पनीले जम्मा ९० लाख रुपैयाँ मात्रै सञ्चालन नाफा कमाएकोमा गत वर्ष ११०४.२० प्रतिशतले ह्वात्तै बढेर १० करोड ९४ लाख रुपैयाँ पुगेको छ।

प्रतिसेयरआम्दानी/खराब कर्जा

योसँगै कम्पनीको प्रतिसेयरआम्दानी (ईपीएस) पनि अघिल्लो वर्ष ५.३९ रुपैयाँ रहेकोमा गत वर्ष ह्वात्तै बढेर ४७.१५ रुपैयाँ पुगेको छ। यता खराब कर्जा (एनपीएल) अघिल्लो वर्ष ७.३५ प्रतिशत रहेकोमा गत वर्ष घटेर ४.२० प्रतिशतमा झरेको छ।

चुक्ता पूँजी/ रिजर्भ/लाभांश क्षमता

चुक्ता पूँजी १५ करोड ३४ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भमा ७ करोड ३५ लाख रुपैयाँ छ भने लाभांश क्षमता (वितरणयोग्य नाफा) ६ करोड ३ लाख रुपैयाँ रहेको छ।

प्रतिसेयर नेटवर्थ

यो  अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ १८७.२७ रुपैयाँ कायम भएको छ।

सापटी/निक्षेप संकलन/कर्जा लगानी

गत आवसम्म कम्पनीले १ अर्ब ८९ करोड ३४ लाख रुपैयाँ सापटी लिएर २ अर्ब ८८ करोड ४१ लाख रुपैयाँ कर्जा लगानी गरी ८८ करोड ४३ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको