स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले ५० करोड रुपैयाँ बराबरको सहायक आवधिक ऋणपत्र जारी गर्ने प्रक्रिया सुरु गरेको छ।
संस्थाको सञ्चालक समितिको कात्तिक २१ गतेको ४६६औं बैठकले ८ प्रतिशत ब्याजदरमा सुरक्षणरहित ५० करोड रुपैयाँको सहायक आवधिक ऋणपत्र जारी गर्ने प्रस्ताव नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पेश गर्ने निर्णय गरेको छ।
बैठकले नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्ड (सेबोन) दुवै निकायबाट अनुमति प्राप्त भएपछि मात्र उक्त ऋणपत्र जारी गर्ने निर्णय गरिएको संस्थाले जानकारी दिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस