स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले ५३ हजार कित्ता संस्थापक सेयर लिलामी प्रक्रियाद्वारा बिक्रीमा ल्याएको छ। कम्पनीले उक्त सेयर विद्यमान संस्थापक सेयरधनी लगायत सर्वसाधारण समेत सबैले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।
कम्पनीले संस्थापक सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४३५ रुपैयाँ तोकेको छ। इच्छुक व्यक्तिहरूले कम्तीमा १ हजार कित्तासम्म र बढीमा १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्, वा सम्पूर्ण कित्ताका लागि पनि आवेदन गर्न सकिन्छ।शिलबन्दी बोलपत्र आज, असार २४ गतेदेखि असार ३० गतेसम्म पेश गर्न सकिनेछ। आवेदन फारम र अन्य जानकारी काठमाडौंको लाजिम्पाटस्थित एनआइएमबी एस क्यापिटल लिमिटेडको कार्यालयमा उपलब्ध हुनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस