Like us!
Follow us!
Connect us!
Watch us!

युएइबाट लगानी भित्र्याउन राजदूतलाई बाणिज्य मन्त्रीको आग्रह

सोमबार, २० मंसिर २०७३, १३ : २२ मा प्रकाशित

युएइबाट लगानी भित्र्याउन राजदूतलाई बाणिज्य मन्त्रीको आग्रह

अर्थ संसार
काठमाडौं–युनाइटेड अरब इमिरेट्स (युएइ) का राजदूत सइद हम्दान अल–हन्टोवी अल–नकीवले वाणिज्य मन्त्री रोमी गौचन थकालीसँग सोमबार शिष्टाचार भेट गरेका छन् । भेटघाटका अवसरमा नेपाल र युएइबीच पर्याप्त सम्भावना भएका व्यापार, लगानी र पर्यटनका क्षेत्रमा निजी क्षेत्रसमेतको सहभागितामा लगानी विस्तार गरी द्विपक्षीय आर्थिक सम्बन्धलाई थप मजबूत बनाउने विषयमा छलफल भएको बाणिज्य मन्त्रालयले जनाएको छ ।

वाणिज्य मन्त्रीले राजदूतलाई स्वागत गर्नुहुँदै युएइका तर्फबाट नेपालका लागि पहिलो आवासीय राजदूतको रुपमा कार्यभार सम्हाल्लेकामा बधाइ दिएका थिए । त्यस अवसरमा मन्त्री थकालीले संविधान निर्माणपश्चात नेपाल राजनीतिक स्थिरतातर्फ अगाडि बढेको र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने दिशामा कानुनी, नीतिगत एवं प्रकृयागत सुधारका क्षेत्रमा सरकारले काम गरिरहेको राजदूतलाई अवगत गराएका थिए ।

उनले युएइसँग नेपालको ठूलो व्यापार घाटा रहेको चर्चा गर्दै सरकारले व्यापार विस्तार गर्न नयाँ वाणिज्य नीति एवं नेपाल व्यापार एकीकृत रणनीतिको कार्यान्वयनमा जोड दिएको बताए । नेपालले खुला र उदार अर्थनीति अवलम्बन गरेकोले यहाँ सेवा क्षेत्रमा लगानी प्रवद्र्धनको ठूलो सम्भावना भएको चर्चा गर्दै मन्त्री थकालीले हवाई क्षेत्र, हस्पिटालिटी म्यानेजमेन्ट, औषधी विज्ञान, स्वास्थ्य, जडिबुटी, जलविद्युत र पूर्वाधार क्षेत्रमा युएइको लगानी आकर्षित गर्न नेपाल आतुर रहेको बताए ।

त्यस अवसरमा युएइका महामहिम राजदूतले नेपाल बसाइका क्रममा रहेको आफ्नो अनुभव बताउँदै नेपालसँगको सम्बन्ध थप मजबूत बनाउन, साझेदारी वृद्धि गर्न दुवै देशका सरकार र निजी क्षेत्रका बीचमा उच्चस्तरको सहकार्य आवश्यक रहेको उल्लेख गरे ।

राजदूतले नेपालको कृषि, होटल व्यवस्थापन, हवाइ सेवा लगायतका विभिन्न क्षेत्रमा लगानी गर्न युएइका उद्यमी व्यवसायीहरु तयार रहेको उनले बताए । भेटका अवसरमा वाणिज्य मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्याय र मन्त्रालयका वरिष्ठ अधिकारीहरुको उपस्थिति थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको