नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले नाफिजका पूर्व उपाध्यक्ष तथा आर्थिकन्यूज डटकमका प्रबन्ध सम्पादक इन्द्र बानियाँमाथि राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत महिला कर्मचारीले हातखुट्टा भाँच्ने र ज्यान मार्ने धम्की दिएको घटनाप्रति नेपाल आर्थिक पत्रकार संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
केही दिनअघि आर्थिक लेनदेनको आधारमा राष्ट्रिय ट्रमा सेन्टरले कर्मचारी भर्ना गरेको भन्ने समाचार प्रकाशन गरेको विषयलाई लिएर बानियाँलाई सो संस्थाकी एक महिला कर्मचारीले हात खुट्टा भाँचेर मारिदिने धम्की दिएको प्रति संघको ध्यानाकर्षण भएको जनाएको हो । नाफिजले प्रकाशित समाचारप्रति चित्त नबुझेमा खण्डन तथा उजुरी गर्ने विधि विपरित पत्रकारमाथि जाई लाग्नु अत्यन्तै दुःखद र खेदजनक कार्य भएको विज्ञप्तीमा उल्लेख गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस