Like us!
Follow us!
Connect us!
Watch us!

युनाइटेड इन्स्योरेन्सको सेयर किन्दै हुनुहुन्छ ? हेर्नुहोस, एक विश्लेषण

सोमबार, २२ माघ २०७४, ०८ : २२ मा प्रकाशित

युनाइटेड इन्स्योरेन्सको सेयर किन्दै हुनुहुन्छ ? हेर्नुहोस, एक विश्लेषण

अर्थ संसार, काठमाडौं–  कम्पनीको २०७४/७५ आवको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार खुद नाफा रू. २ करोड १८ लाख नाफा कमाएको छ ।

यो अघिल्लो आवको सोही अवधिको तुलनामा ११ प्रतिशतले कमी हो । कम्पनीको आम्दानी घटेकाले नाफा घटेको हो । सोही अवधिमा कम्पनीको पूँजी २० प्रतिशतले बढेर रू. ३० करोड २४ लाख पुगेको छ ।

रिजर्भ कोषमा रू. ६ करोड ९४ लाख राखेको छ । कम्पनीले बीमा कोषमा रू. १७ करोड ५० लाख राखेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा २१ प्रतिशतले बढी हो । साथै कम्पनीको आगामी २६ गते हुने साधारणसभा हुँदैछ ।

 वर्गिकरण : बीमा कम्पनी
पछिल्लो व्यापार मूल्यः रू.११९०
५२ हप्ताको उच्च व्यापार मूल्यः रू.१७१०
५२ हप्ताको न्यून व्यापार मूल्यः रू. ३४१
१८० दिनको भारित औसत मूल्य ःरू.१३८८.०९

कम्पनीको महत्वपूर्ण अनुपात :-

व्यवस्थापन समूह :-

अध्यक्ष : विजय बहादुर श्रेष्ठ
प्रमुख कार्यकारी अधिकृत : शेखर बराल
प्रधान कार्यलय : ट्रेड टावर, थापाथली काठमाडौं
शाखा : २७
वेबसाइट : www.unitedinsurance.com.np
स्टक टिकर : युआइसी

कम्पनीको महत्वपूर्ण वित्तीय परिसूचकहरु (रू. हजारमा) :-

आधारभूत विश्लेषण :-

कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दा :

  • चुक्तापूँजीको तुलनामा खुद नाफा ६ दशमलव ५६ प्रतिशतबाट घटेर ४ दशमलव ८६ प्रतिशतमा सिमित भएको छ । कम्पनीको दीर्घकालिन लगानी तथा कर्जा रू. १२ करोड ४६ लाख रहेको छ ।

  • कम्पनीले पहिलो त्रैमाससम्ममा रू. १५ करोड ३० लाख बीमा शुल्क आर्जन गरेको छ ।

  • कम्पनीको खुद चालू सम्पत्ति रू. २५ करोड ६३ लाख १९ हजार र चालू दायित्व रू. ३३ करोड ६३ लाख ८६ हजार रहेको छ ।

  • चालू आवको पहिलो त्रैमासमा कम्पनीले रू. २ करोड ६७ लाख ८७ हजार आम्दानी गरेको छ भने रू. १ करोड २० लाख ७० हजार खर्च गरेको छ ।

  • कम्पनीले कूल दावी भुक्तानी ४ सय ९६ जनालाई रू. ६ करोड ४० लाख ३ हजार रकम गरेको छ भने १ हजार ६ सय ३३ जनालाई रू. ५० करोड ९८ लाख १९ हजार दावी रकम भु्क्तानी गर्न बाँकी रहेको छ ।

  • कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार प्रतिशेयर आम्दानी ४ रूपैयाँ ८७ पैसा, मूल्य आम्दानी अनुपात २ सय ६६ दशमलव ९०, प्रति शेयर कूल सम्पत्तिको मूल्य ५ सय ४४ रूपैयाँ २० पैसा र प्रतिशेयर नेटवर्थ १ सय ३७ रूपैयाँ ९० पैसा रहेको छ । हालको मूल्य नेटवर्थको गुणा छ ।

प्रावधिक विश्लेषण :-

  • खरीद चाप : कम्पनीको सोमवार भएको शेयर कारोबारको अन्तिम समयसम्ममा विक्री चापको तुलनामा खरीद चाप ३ गुणा बढी रहेको छ । सो अवधिसम्म ५ हजार ४ सय ८० कित्ता शेयर विक्री गर्ने माग र १ हजार ७ सय ९४ कित्ता विक्री गर्ने माग रहेको थियो ।

सोमवार भएको शेयर कारोबार विवरण :-

मैनबत्ती विश्लेषण :-

                                            ९ अक्टोबर २०१७ ८                                                         जनवरी २०१८

स्ट्याण्डर्ड डेभिएशन :-

                                                      ९ अक्टोबर २०१७ ८                                     जनवरी २०१८

आरएसआई :-

                                                      ९ अक्टोबर २०१७ ८                                            जनवरी २०१८

मुभिङ एभरेज :-

                                                         ९ अक्टोबर २०१७ ८                    जनवरी २०१८

  • मैनबत्ती विश्लेषण : कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम ह्याम्मर आकृती बनेको छ । यस आकृती कम्पनीको शेयर मूल्य आगामी दिनमा बुलिशमा जाने सङ्केत देखाउँछ । विश्वसनियता सामान्य रहेको छ ।

  • आरएसआई : कम्पनीको ६१ दिनको कारोबारमा आरएसआई न्यूट्रल जोन (४७ दशमलव ९९ स्केल) मा छ । यसले शेयर खरीद विक्री चाप सन्तुलनमा रहेकोे देखाउँछ ।

  • स्ट्याण्डर्ड डेभिएसन : कम्पनीको ६१ दिनको कारोबारमा स्ट्याण्डर्ड डेभिएसन १४ दशमलव ४० विन्दुमा छ । उतारचढाव सामान्य रहेको छ ।

  • मुभिङ एभरेज : कम्पनीको ६१ दिनको कारोबारमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य १४, दिने औसत मूल्यरेखा र २६ दिने मूल्यरेखाको बिचमा छ । यदि हालको मूल्य रू. १ हजार १ सय ९० देखि बजारको अवस्था परिवर्तन भइ मूल्य महँगिएमा रू. १ हजार २ सय २५ सयमा प्रतिरोध र मूल्य सस्तिएमारू. १ हजार १ सय ५० मा टेवा पाउन सक्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको