Like us!
Follow us!
Connect us!
Watch us!

'फोर्स गाडीले बनायो घर न घाटको'

अर्थ संसार

सोमबार, ०२ भदौ २०८२, १२ : ५२ मा प्रकाशित

दिक्तेल रुपाकोट हलेसी दर्शन यातायात प्रालिका महासचिव देवान राईले फोर्स गाडीका कारण व्यवसायीहरु पलायन हुने अवस्था आएको बताएका छन् । अर्थसंसारको अर्थ बहसमा कुरा गर्दै महासचिव राइले फोर्स गाडी खरिद गरेका व्यवसायीहरु गाडीमा आएको समस्याका कारणले विदेश पलायन समेत भएको बताएका हुन् । 

फोर्सका जिपमा विश्वप्रसिद्ध मर्सिडिज गाडीको इन्जिन रहेको भनेर आश्वासन दिएर गाडी उपलब्ध गराएको भए पनि सो अनुसारको विशेषता नहुँदा एक महिनामा नै गाडी बिग्रेर व्यवसायीहरु मर्मतमा नै बढी खर्च गर्न बाध्य भएको उनको भनाइ छ । व्यवसायीहरुले खरिद गरेका गाडीहरु अहिले कुनै पनि नरहेको र त्यसले गर्दा व्यवसायीहरु बैंकको ब्याज तिर्नकै लागि विदेश गइरहेको उनले बताए । 

खाटाङ बाट काठमाडौं रुटमा सञ्चालन गरिएका फोर्सका गाडीहरुमा इन्जिन सिज हुने देखि टायर फुत्किनेसम्मको समस्या आएको र मर्मत गर्नका लागि पनि कम्पनीले चासो नदिएका कारण आफूहरु थप मर्कामा परेको महासचिव राइको भनाइ छ । आम्दानी गर्ने स्रोत बन्ला भनेर किनेको सवारी साधान मर्मत र उसले पुर्याएको क्षतिको क्षतिपूर्ती दिनकै लागि पनि स्रोत खोज्नु पर्ने अवस्था आएको उनले सुनाए ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको