Like us!
Follow us!
Connect us!
Watch us!

एनआइबीएल र एसको एकीकृत कारोबार माघ २८ देखि

सोमबार, २२ माघ २०७४, ११ : २० मा प्रकाशित

एनआइबीएल र एसको एकीकृत कारोबार  माघ २८ देखि

अर्थ संसार, काठमाडौं– माघ २८ गतेदेखि एनआइबीएल क्यापिटल मार्केट्स र एस क्यापिटलबीच  एक आपसमा मर्ज भई एकीकृत कारोबार हुने भएको छ ।

मर्ज भएपछि एनआइबीएल एस क्यापिटल लिमिटेडका नामबाट एकीकृत कारोबार हुनेछ । दुई संस्थालाई एक भई कारोबार गर्न कम्पनी रजिष्ट्रार कार्यालयले माघ ११ गते स्वीकृति दिएको हो ।

दुवै संस्थाको विशेष साधारणले एक आपसमा मर्ज हुने प्रस्ताव पारित गरेका थिए । दुवै कम्पनी १ः१ सेयर स्वाप रेसियोमा मर्ज भएका हुन् । 

  मर्जर पश्चात जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि गराउने, कम्पनीको नियमावली संशोधन गरी सञ्चालकको संख्या ५ जनाबाट बढाएर ७ जना पुर्याउने लगायतका विशेष प्रस्ताव पनि साधारण सभाबाट पारित गराइसकेका छन्। दुई गाभिए पश्चात कम्पनीको चुक्ता पुँजी २७ करोड रुपैयाँ पुग्नेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको