Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक, सेयरधनी र कर्मचारीले किड्स क्लिनिकमा छुट पाउने

अर्थ संसार

बुधबार, ०४ भदौ २०८२, १८ : ०४ मा प्रकाशित

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक, सेयरधनी र कर्मचारीले किड्स क्लिनिकमा छुट पाउने

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र काठमाडौँको मध्य वानेश्वरस्थित किड्स क्लिनिकबीच एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । जस अनुसार किड्स क्लिनिकका विशेषज्ञ डाक्टरहरूको बहिरङ्ग सेवा (ओपीडी) र प्रयोगशाला (ल्याब)को शुल्क तथा औषधीको मूल्यमा सांग्रिला डेभलपमेन्ट बैंकका सेयरधनी र कर्मचारीले १५ प्रतिशत तथा  ग्राहक (डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा लिएका) ले १० प्रतिशत छुट पाउने छन् ।

सम्झौतापत्रमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड, बालुवाटार शाखाका प्रवन्धक मनोहर महोत्रा र किड्स क्लिनिकका निर्देशक डा. पुष्पराज अवस्थीले हस्ताक्षर गरेका छन् ।आम नागरिकको प्रगाढ विश्वास र भरोसाले गर्दा साग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ । यस्तै किड्स क्लिनिक वाल स्वास्थ्य सम्बन्धि विधागत विशेषज्ञ डाक्टरहरूले सञ्चालन गरेको क्लिनिक हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको