Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको मुनाफा २ करोड नजिक

सोमबार, २२ माघ २०७४, १२ : ४० मा प्रकाशित

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको मुनाफा २ करोड नजिक

अर्थ संसार, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ करोड ९२ लाख ९१ हजार रुपैया खुद नाफा आर्जन गरेको छ ।

जुन गत बर्षको भन्दा ७ प्रतिशतले बढेको हो । गत वर्ष यही अवधिमा बैकको मुनाफा १ करोड ७९ लाख ७८ हजार रुपैयाँ थियो । कम्पनीको खुद ब्याज आम्दानी पनि ११ ५ ले बढेर ५ करोड ५८ लाख ५० हजार रुपैयाँ कायम भएको छ ।

यो त्रैमासमा बैंकको चुक्ता पूँजी २२ करोड २ लाख ९४ हजार बाट बढेर ४४ करोड ७६ लाख २४ हजार पुगेको छ भने यस अवधिमा बैंकले १ अर्ब ९७ करोड १९ लाख ६७ हजार रुपैयाँ निक्षेप संकलन गरेर १ अर्ब ७६ करोड ८५ लाख ६८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ८ दशमलव ६२ रुपैयाँ रहेको छ । मुल्य आम्दानीको अनुपात १७ दशमलव ५२ रहेको छ भने प्रतिशेयर नेटवर्थ ११७ दशमलव ७५ रुपैयाँ कायम गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको