Like us!
Follow us!
Connect us!
Watch us!

'तपाईंमा फ्रस्टेसन छ भने पशुपतिनाथ आउनूस'

अर्थ संसार

विहीबार, ०५ भदौ २०८२, १७ : २४ मा प्रकाशित

'तपाईंमा फ्रस्टेसन छ भने पशुपतिनाथ आउनूस'

गायिका इन्दिरा जोशीले जिन्दगीको यात्रामा काम गर्दै जाँदा तनाव हुँदा पशुपति मन्दिर पुग्ने गरेको र आफू तनावमुक्त हुने गरेको बताएकी छिन् । बुधबार पशुपति क्षेत्रमा जारी विराट ज्ञान महायज्ञमा पुगेर उनले जिन्दगी र तनावको सन्दर्भमा अनुभव र सोचइबारे कुरा गरिन् ।आफूले दुःख र सुखमा भगवानलाई सम्झिने र पशुपतिनाथसम्म पुग्ने गरेको बताइन् ।

‘यदि तपाईमा फ्रस्टेसन छ भने पशुपतिनाथ आउनूस, परेवालाई चारो छर्नूस । यो काम निरन्तर १५ दिनसम्म गर्नूस । जस्तोसुकै तनावमुक्त हुनुहुन्छ’ गायिका जोशीले भनिन्, ‘यो ठाउँले आनन्दित बनाउँछ । जिन्दगीबारे बुझाउँछ । म समय समयमा पशुपतिनाथ मन्दिर आइरहेकी हुन्छु । कहिले काम नबन्दा, कहिले काम बन्दा होस् हरेक समय भगवानलाई सम्झिएकै हुन्छु ।’

उनले धर्तीमा जन्म लिइसकेपछि धर्तीले हामीलाई दिएको कुरा फिर्ता गर्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताइन् । व्यक्तिले आम्दानी गरेको केही प्रतिशत गुप्त दान गर्नुपर्ने उनी बताउँछिन् ।

भन्छिन्, ‘जति कमाउनुहुन्छ, त्यसको केही प्रतिशत गुप्त दान गर्नुपर्छ । कसैले देख्नुहुन्न फोटो पनि खिच्नुहुन्न । मात्र भगवानले देखोस् । मसँग भएको मेरो होइन् त्यो भगवानको हो भनेर एकदिन त्यो सबै छाडेर जानैपर्छ ।’

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको