नेपाल डेरी एसोसिएसनको अध्यक्ष प्रल्हाद दाहालले डेरी व्यवसायीहरुको स्टक रहेको सामानलाई धितोका रुपमा राखेर कर्जा दिनु पर्ने बताएका छन् । अर्थसंसारको अर्थ बहसमा कुरा गर्दै किसानले दुधको पैसा नपाउनुमा व्यवसायीहरुले उत्पादन गरेको सामान बिक्री नहुनु पनि कारण रहेको भन्दै त्यसलाई धितो मानेर कर्जा दिएको खण्डमा किसानले दुधको पैसा पाउने उनले बताएका हुन् ।
अहिले पनि धेरै व्यवसायीहरुको गोदाममा दुध तथा दुधजन्य पदार्थबाट बनेका सामानहरु स्टोर भएर बसेको भन्दै त्यो बिक्री हुन नसक्दा भुक्तानीमा समस्या भएको उनको भनाइ छ । उनले देशको विकासका लागि कृषि र पशुपाल नै मुख्य आधार भएको पनि बताए । कृषि प्रधान देश भएकाले नेपालको विकासका लागि यो नै मुख्य आधार भएको उनको दाबी छ । कृषि र पशुपालन पेशालाई हेहका दृष्टिले हेर्ने गरिएको भन्दै सोचमा परिवर्तन हुनु पर्ने उनको भनाइ छ । ‘कृषि क्षेत्रलाई सम्मानजनक पेशाका रुपमा विकास गर्न सकियो भने देशको विकास सम्भव छ,’ उनले भने । सटिफिकेटले घमण्डी बनाएको भन्दै निर्वाह मुखी रुपमा भन्दा कृषिलाई व्यवसायीक रुपमा विकास गर्न आवश्यक रहेको अध्यक्ष दाहालको भनाइ छ ।
अर्थतन्त्र सहि बाटोमा आउनका लागि घरजग्गा कारोबार सहज हुनु पर्ने उनको धारणा थियो । विश्वका धेरै देशको नीति भन्दा नेपालको नीति राम्रो भए पनि कार्यान्वयन नहुने समस्या रहेको उनको भनाइ छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस