Like us!
Follow us!
Connect us!
Watch us!

नाडा अटो शो २०२५ मा अन्तरक्रिया कार्यक्रम सम्पन्न

अर्थ संसार

आइतबार, ०८ भदौ २०८२, १३ : १६ मा प्रकाशित

नाडा अटो शो २०२५ मा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नाडा अटो शो २०२५ ले यसपटक ऐतिहासिक उपलब्धि हासिल गरेको छ। यस वर्ष, केवल ५ दिनमै १,४९,८८१ दर्शकले अवलोकन गरिसकेका छन्। यो तथ्यांकले आम जनता नयाँ प्रविधिहरु र अटोमोबाइल क्षेत्रप्रति धेरै चासो र जिज्ञाशा देखाएको स्पष्ट भएको छ।

नाडा अटो शो २०२५ ले यसपटक ऐतिहासिक उपलब्धि हासिल गरेको छ। सुरु भएको केवल ५ दिनमै १,४९,८८१ दर्शकले प्रदर्शनी अवलोकन गरिसकेका छन्। यसले नेपाली जनतामा नयाँ प्रविधि र अटोमोबाइल क्षेत्रप्रति बढ्दो चासो देखाएको स्पष्ट भएको छ।

शो को पाँचौ दिनमा नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्याल, ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारी, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, तातोपानी भन्सार प्रमुख राजेन्द्रप्रसाद चुडाल, सिजी होल्डिङ्सका अध्यक्ष अरुणकुमार चौधरी र कलाकार सन्दीप क्षेत्री लगायत विशिष्ट व्यक्तिहरुले अवलोकन गरेका थिए । यस अवसरमा नाडाले आयोजना गर्ने अन्तरक्रिया कार्यक्रम निरन्तरता पाएको छ। पाँचौ दिन ‘सडक र यातायात’ विषयमा ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारीको प्रमुख आतिथ्यतामा अन्तरक्रिया सम्पन्न भयो भने नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीको प्रमुख आतिथ्यतामा ‘मेड इन नेपाल’ विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्षले यो उपलब्धिलाई ऐतिहासिक शुभारम्भका रूपमा लिँदै नेपाललाई अटोमोबाइल नवप्रवर्तन र भविष्य–उन्मुख मोबिलिटी समाधानको केन्द्र बनाउन आत्मविश्वास थप मजबुत भएको बताएका छन्। नाडाले यस ऐतिहासिक सफलतामा योगदान पु¥याउने सबै प्रदर्शक, प्रायोजक, सरकारी निकाय, सञ्चारकर्मी र अवलोकनकर्ताप्रति आभार व्यक्त गरेको छ। उनका अनुसार, नाडा अटो शो अब केवल प्रदर्शनी मात्र नभई नवप्रवर्तन, उद्यमशीलता र भविष्य–तयारीको राष्ट्रिय उत्सवका रूपमा स्थापित भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको