Like us!
Follow us!
Connect us!
Watch us!

गत आवमा १.३८ प्रतिशत घट्यो मूल्य वृद्धि, कुन प्रदेशको मूल्य वृद्धि कति ?

अर्थ संसार

आइतबार, ०८ भदौ २०८२, १६ : ५९ मा प्रकाशित

गत आवमा १.३८ प्रतिशत घट्यो मूल्य वृद्धि, कुन प्रदेशको मूल्य वृद्धि कति ?

गत आर्थिक वर्ष २०८१/८२ मा मूल्य वृद्धि (वार्षिक औसत उपभोक्ता मुद्रास्फीति) १.३८ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा वार्षिक औसतमा मूल्य वृद्धि ४.०६ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ५.४४ प्रतिशत रहेको थियो ।

२०८२ असारमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.२० प्रतिशत रहेको छ । २०८१ असार महिनामा यस्तो मुद्रास्फीति ३.५७ प्रतिशत रहेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८१÷८२ मा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको मूल्यवृद्धि १०.७१ प्रतिशत, घ्यू तथा तेलको ८.७२ प्रतिशत, दाल तथा गेडागुडीको ७.९० प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको ६.१३ प्रतिशत रहेको छ ।

यसैगरी, मरमसला उप–समूहको मूल्य सूचकाङ्क २.६२ प्रतिशत र माछा तथा मासुको ०.३४ प्रतिशतले घटेको छ । गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाहरू उपसमूहको मूल्यवृद्धि ९.३९ प्रतिशत, कपडाजन्य तथा जुत्ता चप्पलको ६.०९ प्रतिशत, मदिराजन्य पेय पदार्थको ५.६५ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरूको ४.७८ प्रतिशत र सुर्तीजन्य पदार्थको ४.३७ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०८१/८२ मा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ४.६९ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष उक्त समूहको मुद्रास्फीति ६.४७ प्रतिशत रहेको थियो। गत आवको असार महिनामा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.१९ प्रतिशतले ऋणात्मक रहेको छ । २०८१ असार महिनामा उक्त समूहको मुद्रास्फीति ४.०४ प्रतिशत रहेको थियो।

आर्थिक वर्ष २०८१/८२ मा गैर–खाद्य तथा सेवा समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ३.७१ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष उक्त समूहको मुद्रास्फीति ४.६४ प्रतिशत रहेको थियो। २०८२ असार महिनामा गैर–खाद्य तथा सेवा समूहको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१२ प्रतिशत रहेको छ । २०८१ असार महिनामा उक्त समूहको मुद्रास्फीति ३.२६ प्रतिशत रहेको थियो। आर्थिक वर्ष २०८१/८२ मा काठमाडौं उपत्यकाको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ३.७७ प्रतिशत, तराईको ४.१४ प्रतिशत, पहाडको ३.८६ प्रतिशत र हिमालको ४.८९ प्रतिशत रहेको छ । २०८२ असार महिनामा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.३२ प्रतिशत, तराईको १.८५ प्रतिशत, पहाडको २.१९ प्रतिशत र हिमालको ३.७५ प्रतिशत रहेको छ ।

ग्रामीण र सहरी उपभोक्ता मुद्रास्फीति ज्ञट। आर्थिक वर्ष २०८१/८२ मा ग्रामीण क्षेत्रको वार्षिक औसत उपभोक्ता मूल्य सूचकाङ्क ४.४० प्रतिशत र सहरी क्षेत्रको ३.९४ प्रतिशतलेबढेकोछ । यसैगरी, २०८२ असार महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २.४० प्रतिशतले र सहरी क्षेत्रको २.१४ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०८१/८२ मा कोशी प्रदेशको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ५.४६ प्रतिशत, मधेश प्रदेशको ४.१४ प्रतिशत, बागमती प्रदेशको ३.५७ प्रतिशत, गण्डकी प्रदेशको ३.३२ प्रतिशत, लुम्बिनी प्रदेशको ३.७० प्रतिशत, कर्णाली प्रदेशको ३.३१ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ५.०२ प्रतिशत रहेकोछ ।

यसैगरी, कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.६७ प्रतिशत, मधेश प्रदेशको १.९९ प्रतिशत, बागमती प्रदेशको १.८१ प्रतिशत, गण्डकी प्रदेशको १.७१ प्रतिशत, लुम्बिनी प्रदेशको १.७८ प्रतिशत, कर्णाली प्रदेशको १.८६ प्रतिशत र सुदूरपश्चिम प्रदेशको २.७४ प्रतिशत रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको