नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा देशको अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक देखिएका हुन् ।
तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहेको अनुमान गरिएको छ । जुन अघिल्लो वर्षको ३.६७ प्रतिशत भन्दा बढी हो । वार्षिक औसत मुद्रास्फीति ४.०६ प्रतिशत रहँदा, अघिल्लो वर्षको ५.४४ प्रतिशतको तुलनामा घटेको देखिन्छ । गत आवमा शोधनान्तर स्थिति ५ खर्ब ९४ अर्ब ५४ करोडले बचतमा रहेको छ । जुन अघिल्लो वर्षको ५ खर्ब २ अर्ब ४९ करोड रहेको थियो ।
आयात १३.३ प्रतिशतले वृद्धि भए पनि निर्यात ८१.८ प्रतिशतले बढेको देखिन्छ, अघिल्लो वर्ष आयात १.२ प्रतिशतले र निर्यात ३ प्रतिशतले घटेको थियो । त्यस्तै रेमिट्यान्स पनि उल्लेखनीय वृद्धि देखिएको छ । नेपाली रुपैयाँमा १९.२ प्रतिशत र अमेरिकी डलरमा १६.३ प्रतिशतले बढेको रेमिट्यान्स २०८२ असारमा १ खर्ब ८९ अर्ब ११ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १९ अर्ब ५० करोड पुगेको छ, जुन १५.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्रिय बैंकले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस