Like us!
Follow us!
Connect us!
Watch us!

भाटभटेनी सुपर स्टोरमाथि विभागको कारबाही, तिरायो २ लाख जरिवाना

अर्थ संसार

सोमबार, ०९ भदौ २०८२, १० : ४३ मा प्रकाशित

भाटभटेनी सुपर स्टोरमाथि विभागको कारबाही, तिरायो २ लाख जरिवाना

मीनबहादुर गुरुङको भाटभटेनी सुपर स्टोर कारबाहीमा परेको छ। वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुगमनका क्रममा भाटभटेनीलाई नगदसहित जरिवाना गरिएको हो।

विभागका अनुसार काठमाडौं महानगरपालिका–१४ मा सञ्चालनमा रहेको भाटभटेनी सुपर स्टोरलाई उपभोक्ता संरक्षण ऐन उल्लंघन गरेको ठहर गर्दै दुई लाख रुपैयाँ जरिवाना तिराइएको छ। विभागले उपभोक्ता संरक्षण ऐन,दफा ३८ (ङ) अनुसार 'वस्तुको गुणस्तर,परिमाण,मूल्य वा बनावट ढाँटी वा लुकाई विक्री' गर्नु अपराध मानिने उल्लेख गर्दै सोही ऐनको दफा ३९ (१)(ख) बमोजिम कारबाही गरिएको जनाएको छ।

त्यस्तै, काठमाडौं महानगरपालिका–२४ मा रहेको विनय स्टोर्समा पनि अनियमितता भेटिएपछि दश हजार रुपैयाँ जरिवाना गरिएको छ।

विभागले दक्षिणकाली आयल स्टोर्स प्रालि, जेएच स्टोर्स, खुशी ट्रेड इन्टरनेशनल, मुकेश इम्पोरियम, इस कलेक्सन सेन्टर, रस कटर ट्रेडिङ्ग, द ब्याग क्लिस, पाकिजा स्टोर, फेवा इन्टरप्राइजेज प्रालि र श्री लक्ष्मी माँ स्टोर्सलाई तीन दिनभित्र व्यवसायसँग सम्बन्धित कागजात पेश गर्न वा आवश्यक स्पष्टीकरणसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ। केही फर्महरूलाई भने हाललाई सामान्य निर्देशन दिँदै छानबिन प्रक्रिया अगाडि बढाइएको विभागले जानकारी दिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको