Like us!
Follow us!
Connect us!
Watch us!

बालेनलाई चेतावनी दिँदै विभिन्न ५ बुँदे मागसहित आन्दोलनमा उत्रिए कवाड व्यवसायीहरु

अर्थ संसार

सोमबार, ०९ भदौ २०८२, १६ : २३ मा प्रकाशित

बालेनलाई चेतावनी दिँदै विभिन्न ५ बुँदे मागसहित आन्दोलनमा उत्रिए कवाड व्यवसायीहरु

कवाड व्यवसायी समाज नेपालले विभिन्न ५ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले आफूहरुको माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका हुन् । 

संविधानले दिएको पेशा व्यवसाय गर्न पाउने हक अधिकारको ग्यारेन्टी गर्नुपर्ने, कवाड व्यवसायी, संकलक र मजदुरमाथि काठमाडौं महानगरबाट भइरहेको कुटपिट, अपहरण, ज्यादती, र संरचना भत्काउने कार्यहरूतत्काल रोकिनुपर्ने, ज्यादतीमा संलग्न काठमाडौं महानगर प्रहरीलाई कानुनी कारबाही गर्नुपर्ने उनीहरुको माग छ ।  त्यसैगरी, कवाड व्यवसायी, संकलक र मजदुरको जिउ–धनको सुरक्षा सुनिश्चित गर्न सरकारले तत्काल हस्तक्षेप गर्नुपर्ने, विगत दुई वर्षमा काठमाडौं महानगर प्रहरीले कवाड व्यवसायीमाथि पुर्याएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने उनीहरुको माग छ ।

कवाड व्यवसायी ओम प्रकाश सिंहले काठमाडौं महानगरविरुद्ध अब निर्णायक आन्दोलन गर्ने बताए । ‘अब हामी पछाडि हट्ने छैनौं । अब हामी कि त बालेनलाई बाध्य बनाउँछौं । कि गर्छौं, कि मर्छौं भनेर अब हामी लागिपरेका छौं । हाम्रो आन्दोलन अब सफल भएरमात्रै टुङ्गिनेछ,’ उनले भने ।  कवाड आन्दोलन संघर्ष समितिका संयोजक रामकेवल गुप्ताले कवाड व्यवसायीहरुलाई हटाउन काठमाडौं महानगरका मेयर बालेन साहले १५ करोड रुपैयाँ टोकन मनी थापेको आरोप लगाए । उनले आफूहरु संवैधानिक अधिकार र सरकारको कानूनभित्र बसेर कर तिरिरहेको बताए । 

उनले काठमाडौंका मेयर बालेनले आफूहरुको पेशा व्यवसाय सकाएको बताउँदै अब बालेन र महानगर प्रहरी प्रमुख राजु पाण्डेलाई पनि सकाउने बताए । ‘हामीले काठमाडौंको मेयरलाई सम्मान दिएको हो । सम्मान दिँदा–दिँदा हामी नै सकिन लाग्यौं । हामी सकिने हो भने बालेन तिमीलाई पनि सकाउने हो । तिमीलाई राजु पाण्डेलाई यही टोलीले सकाउँछौं । महानगरमा छिरेर तल रोडमा घिसार्ने छौं,’ उनले भने, ‘हामी सकिन लागेका छौं । तिमीलाई पनि सकाउँछौं । कवाड व्यवसायीले जहाँ भेट्छ, त्यही हान्छौं ।’  कवाड व्यवसायी कृष्ण यादवले कवाड व्यवसायीलाई राज्यले सुरक्षा दिनसक्नुपर्ने बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको