Like us!
Follow us!
Connect us!
Watch us!

सोभरेन क्रेडिट रेटिङको गृहकार्य सुरु

अर्थ संसार

सोमबार, ०९ भदौ २०८२, १६ : ५३ मा प्रकाशित

सोभरेन क्रेडिट रेटिङको गृहकार्य सुरु

सरकारले आगामी सोभरेन क्रेडिट रेटिङको तयारी सुरु गरेको छ । आज (सोमबार) अर्थ मन्त्रालयमा बसेको उच्चस्तरीय बैठकले तयारीलाई व्यवस्थित र सशक्त बनाउने निर्णय गरेको हो ।

बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालले एक वर्षमा उल्लेखनीय प्रगति गरेको सन्देश जाने गरी तयारी गर्न निर्देशन दिए ।  बैठकमा राजनीतिक स्थायित्व, सडक पूर्वाधार, पर्यटन, जलविद्युत्, सुशासन, तथा कानुनी सुधार जस्ता विषयहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्ने विषयमा छलफल भएको थियो ।

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी, सदस्य डा प्रकाशकुमार श्रेष्ठ, नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेल, अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे लगायतको सहभागिता थियो ।

बैठकमा अर्थ मन्त्रालय आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश भट्टराईले क्रेडिट रेटिङसम्बन्धी अहिलेसम्म गरिएका तयारी प्रस्तुत गरेका थिए । अन्तर्राष्ट्रिय एजेन्सी फिचले नेपालको रेटिङ गर्ने गर्छ । सोभरेन क्रेडिट रेटिङको लागि अवस्था बुझ्न फिचको टोली नेपाल आउने कार्यक्रम छ । गत वर्ष फिचले गरेको सोभरेन क्रेडिट रेटिङमा नेपालले बीबी माइनस पाएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको