Like us!
Follow us!
Connect us!
Watch us!

कोइलाको व्यवस्था भएपछि आजदेखि हेटौँडा सिमेन्ट उद्योगबाट पुनः सिमेन्ट उत्पादन शुरु

अर्थ संसार

मंगलबार, १० भदौ २०८२, ११ : ४७ मा प्रकाशित

कोइलाको व्यवस्था भएपछि आजदेखि हेटौँडा सिमेन्ट उद्योगबाट पुनः सिमेन्ट उत्पादन शुरु

सरकारी स्वामित्वको हेटौँडा उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरेको छ । लामो समयदेखि बन्द रहेको उद्योगमा कोइलाको व्यवस्था भएसँगै आजदेखि पुनः उत्पादनमा सुरु भएको हो । 

गत वैशाखदेखि मेशिनमा समस्या देखिएपछि उद्योग पूर्णरूपमा बन्द भएको थियो । उत्पादन सुरु गर्न करिब १ हजार टन कोइला आवश्यक रहेको र त्यसको जोहो भए पछि उद्योगले पुनः उत्पादन सुरु गरेको उद्योगका निमित्त महाप्रबन्धक रामबाबु साहले जानकारी दिए । 

वि.सं. २०३३ मा स्थापना भएको हेटौँडा सिमेन्ट उद्योगले २०४३ सालदेखि व्यावसायिक रूपमा उत्पादन सुरु गरेको थियो । आर्थिक अभावका कारण यो उद्योगले पूर्ण क्षमतामा उत्पादन गर्न सकेको छैन् । उद्योगसँग धादिङ र मकवानपुरमा गरी चारवटा चुनढुङ्गा खानी रहेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको