नेपाल राष्ट्र बैंकले भारतमा भएको नोटबन्दीभन्दा अगाडि चलनचल्तीमा रहेका ५०० र १००० दरका भारतीय नोटको कारोबार नगर्न आग्रह गरेको छ । मंगलबार एक सूचना प्रकाशित गर्दै केन्द्रीय बैंकले सोभन्दा अगाडिका नोट राख्न, कारोबार तथा ओसारपसार गर्न प्रतिबन्धित रहेको भन्दै सचेत गराएको हो ।
सन् २०१६ नोभेम्बर ९ मा भारतले नोटबन्दीको घोषणा गर्दै पुराना ५०० र १००० दरका नोटमा प्रतिबन्ध लगाइएको थियो । यस्तै, नेपालीले भारतबाहेक अन्य मुलुकबाट आवतजावत गर्दा भारतीय नोट बोक्न नपाउने समेत प्रस्ट पारेको छ ।
कुनै पनि नेपाली वा विदेशी नागरिकले ५ हजार अमेरिकी डलर वा सो बराबरको भारतीय रुपैयाँ तथा अन्य विदेशी मुद्रा भन्सार घोषणा नगरी नेपाल भित्र्याउन सक्ने र सोभन्दा धेरै ल्याउनु परेमा भन्सारमा घोषणा गरी प्रमाणित गराउनुपर्ने अनिवार्य व्यवस्था समेत बैंकले सम्झाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस