बैंक तथा वित्तीय संस्थाहरुको निष्कृय कर्जा साढे ४ प्रतिशत भन्दा माथि पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरुको निष्कृय कर्जा ४.६२ प्रतिशत पुगेको हो ।
गत आवको अन्तिमसम्मका बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा २ खर्ब ५७ अर्ब ८५ करोड १५ लाख ३२ हजार ४०० रुपैयाँ पुगेको छ । यो २० वटा वाणिज्य बंैक, १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका ५४ वटाको हो । नेपाल राष्ट्र बैंकका अनुसार कुल ७३ खर्ब ३ अर्ब ५३ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरी ५५ खर्ब ८१ अर्ब २० करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औसतमा ४.६२ प्रतिशतका दरले हुन आउने साढे २ खर्ब रुपैयाँ कर्जा निष्क्रिय देखिएको हो ।
बैंकिङ क्षेत्रमा रहेको यो निष्क्रिय कर्जा अघिल्लो आवको तुलनामा औसतमा ०.७६ प्रतिशत अर्थात् ५८ अर्ब ६० करोड ९४ लाख ८७ हजार ८०० रुपैयाँले बढी हो । अघिल्लो आवमा बैंक तथा वित्तीय क्षेत्रमा कुल ६४ खर्ब ९५ अर्ब ५८ करोड ३० लाख रुपैयाँ निक्षेप संकलन गरी ५१ खर्ब ६१ अर्ब १७ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । अघिल्लो आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरुको निष्कृय कर्जा औसतमा ३.८६ प्रतिशत रहेको थियो । गत आवमा बैंकिङ क्षेत्रमा १ खर्ब ९९ अर्ब २४ करोड २० लाख रुपैयाँ निष्कृय कर्जा रहेको थियो ।
राष्ट्र बैंकका अनुसार गत आव २०८१÷८२ मा वाणिज्य बैंकहरुको निष्कृय कर्जा ४.४४ प्रतिशत रहेको छ । गत आवमा वाणिज्य बैंकहरुले ६५ अर्ब ४१ अर्ब ६५ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् भने ४९ खर्ब ५० अर्ब ४० करोड ६० लाख रुपैैयाँ कर्जा प्रवाह गरेका छन् । अघिल्लो आवको सोही अवधिमा वाणिज्य बैंकहरुले कुल ५७ खर्ब ५६ अर्ब ८० करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गर्दै ४५ खर्ब ६० अर्ब ५८ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । अघिल्लो आवमा वाणिज्य बैंकको निष्कृय कर्जा ३.७६ प्रतिशत रहेको थियो ।
केन्द्रीय बैंकका अनुसार गत आवमा विकास बैंकहरुको निष्कृय कर्जा ५.०३ प्रतिशत रहेको छ । अघिल्लो आवमा यस्तो निष्कृय कर्जा ३.६२ प्रतिशत रहेको थियो । गत आवमा विकास बैंकहरुले कुल ६ खर्ब ३० अर्ब ४३ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरेका छन् । यो अवधिमा विकास बैंकले ५ खर्ब २६ अर्ब ६१ करोड ३० लाख रुपैयाँ कर्जा लगानी गरेका छन् । अघिल्लो आवको सोही अवधिमा विकास बैंकहरुले ६ खर्ब १० अर्ब १७ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गर्दा ५ खर्ब १ अर्ब ४३ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा गरेका थिए ।
राष्ट्र बैंकका अनुसार फाइनान्स कम्पनीहरुको निष्कृय कर्जा गत आवमा ११.०५ प्रतिशत पुगेको छ । अघिल्लो आवमा फाइनान्सको निष्कृय कर्जा ९.८७ प्रतिशत रहेको थियो । गत आवमा फाइनान्स कम्पनीले १ खर्ब ३१ अर्ब ४४ करोड ४० लाख रुपैयाँ निक्षेप संकलन गरेका छन् । यो अवधिमा फाइनान्स कम्पनीले १ खर्ब ४ अर्ब १८ करोड २० लाख रुपैयाँ कर्जा लगानी गरेका छन् ।
अघिल्लो आवमा भने फाइनान्स कम्पनीहरुले १ खर्ब २८ अर्ब ६० करोड ३० लाख रुपैयाँ निक्षेप संकलन गर्दा ९९ अर्ब ६९ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेको थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस