असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट नजडान गर्ने सवारीसाधनलाई तुरुन्त कारबाही वा जरिवाना गरिने भन्ने भ्रम गलत भएको यातायात व्यवस्था विभागले स्पष्ट पारेको छ।
आज विभागले जारी गरेको सूचनामा तत्कालका लागि कुनै पनि दण्ड वा जरिवाना नहुने प्रष्ट पार्दै, सवारीधनीलाई आफूलाई अनुकूल समयमा यातायात कार्यालयमा गई स्वःस्फुर्त ढंगले इम्बोस्ड नम्बर प्लेट जडान गर्न आग्रह गरिएको छ।
यातायात विभागका अनुसार इम्बोस्ड नम्बर प्लेटको गुणस्तर तोकिएअनुसार सुनिश्चित गरिएको छ भने सवारीसाधनको सम्पूर्ण विवरण मुलुकभित्रै सुरक्षित रहने गरी सर्भर प्रणालीको व्यवस्थापन गरिएको छ।
विभागले इम्बोस्ड नम्बर प्लेटसम्बन्धी ‘गुणस्तर कमजोर’, ‘तथ्यांक विदेश पठाइन्छ’ भन्ने जस्ता अफवाह गलत भएको बताउँदै त्यस्ता भ्रामक प्रचारप्रसारको पछि नलाग्न सवारीधनीलाई अनुरोध गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस