Like us!
Follow us!
Connect us!
Watch us!

सिटी एक्सप्रेसको दशैं–तिहार अफर- हरेक हप्ता १ जनालाई १ लाख

अर्थ संसार

सोमबार, १६ भदौ २०८२, १५ : ५८ मा प्रकाशित

सिटी एक्सप्रेसको दशैं–तिहार अफर- हरेक हप्ता १ जनालाई १ लाख

सिटी एक्सप्रेस मनि ट्रान्सफरले २०८२ सालको दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै आकर्षक उपहार योजना सार्वजनिक गरेको छ । 'यो दशैं–तिहारमा सिटी एक्सप्रेसको साथ, हरेक हप्ता १ लाख' नामक यो योजना लगातार ९ हप्ता सञ्चालन हुनेछ ।

योजनाअन्तर्गत लक्की ड्रमार्फत हरेक हप्ता १ जनाले रु १ लाख प्राप्त गर्नेछन् भने हरेक दिन सबै ग्राहकले सिटी पेबाट क्याशब्याक पाउने व्यवस्था गरिएको छ । भाद्र १६ देखि कात्तिक १५ गतेसम्म लागू हुने यस अफरमा विदेशबाट सिटी एक्सप्रेसमार्फत पैसा पठाउने सम्पूर्ण सेवाग्राही सहभागी हुनेछन् ।

उपहार विजेता चयन विद्युतीय प्रणालीमार्फत हुने र यसमा कम्पनीका कर्मचारी सहभागी नहुने सिटी एक्सप्रेसले जनाएको छ । कार्यक्रममा चर्चित हास्य कलाकार तथा सिटी एक्सप्रेसका ब्रान्ड एम्बासडर जितु नेपालको उपस्थिती थियो ।

रेमिट्यान्स क्षेत्रमा १९ वर्षदेखि सेवा दिँदै आएको सिटी एक्सप्रेसले हालै सिटी पे वालेटमार्फत अनलाइन भुक्तानी सेवा सुरु गरेको छ । यसबाट रेमिट्यान्स भुक्तानीसमेत गर्न सकिने व्यवस्था गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro Viber

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको