४४.५२ मेगावाट क्षमताको सानीभेरी जलविद्युत आयोजना निर्माणका लागि सिटिजन्स बैंक इन्टरनेसनलको अगुवाइमा संयुक्त लगानी सम्झौता भएको छ। एक्सपर्ट हाइड्रो इन्भेस्टमेन्ट प्रालि प्रवद्र्धक रहेको यस आयोजनामा पाँच बैंक र प्रवद्र्धक समूहले संयुक्त रूपमा लगानी गर्ने भएका छन्।
७५ प्रतिशत बैंक, २५ प्रतिशत प्रवद्र्धकको लगानी
काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा सिटिजन्स बैंक, नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, सिद्धार्थ बैंक र सानिमा बैंक सहभागी भएर सम्झौतामा हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार आयोजनामा बैंक तथा वित्तीय क्षेत्रको ७५ प्रतिशत र प्रवद्र्धकहरुको २५ प्रतिशत लगानी रहनेछ।
सिटिजन्स बैंकले २ अर्ब ५० करोड रुपैयाँ, नबिल बैंकले १ अर्ब ५० करोड, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले १ अर्ब २० करोड, सिद्धार्थ र सानिमा बैंकले १–१ अर्ब रुपैयाँ लगानी गर्नेछन्। प्रवद्र्धक एक्सपर्ट हाइड्रो इन्भेस्टमेन्टले करिब २ अर्ब ४० करोड बराबरको लगानी गर्नेछ।
३.५ वर्षमा सम्पन्न गर्ने लक्ष्य
रुकुमपूर्वको पुथा उत्तरगंगा र सिस्ने गाउँपालिकाभित्र पर्ने सानीभेरी नदीमा निर्माण हुने आयोजना ३.५ वर्षभित्र सम्पन्न गर्ने योजना रहेको छ। आयोजनाबाट उत्पादित विद्युत् २३ किलोमिटर लामो १३२ केभी डबल सर्किट प्रसारण लाइनमार्फत नेपाल विद्युत प्राधिकरणको बाँफीकोट सबस्टेसनमा जोडिनेछ। यसले वार्षिक २८१.११३ गीगावाटघण्टा (GWh) विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा थप्नेछ।
युवाको नेतृत्वमा प्रवद्र्धन
सानीभेरी आयोजना एक्सपर्ट हाइड्रो इन्भेस्टमेन्टले विकास गर्ने हो, जसमा सिद्धि हाइड्रोपावर कम्पनी लिमिटेड प्रमुख लगानीकर्ता रहनेछ। स्वदेश तथा विदेशमा रहेका नेपाली व्यवसायी र सर्वसाधारण लगानीकर्ताको समेत सहभागिता रहनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस