Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोकल टिन हिरो नेपाल २०२५ बाट कृष यादव सम्मानित

अर्थ संसार

मंगलबार, १७ भदौ २०८२, १६ : ४९ मा प्रकाशित

ग्लोकल टिन हिरो नेपाल २०२५ बाट कृष यादव सम्मानित

धनुषाका १७ वर्षीय युवा अभियन्ता तथा सामग्री निर्माता कृष यादवले ‘गोल्छा ग्रुपले प्रस्तुत गरेको ग्लोकल टिन हिरो नेपाल २०२५’ को उपाधि प्राप्त गरेका छन्।

धनुषाको कचुरी गाउँका यादवलाई सोमबार ललितपुरस्थित 'द प्लाजा' मा आयोजित एक भव्य समारोहमा ग्लोकल प्रालिद्वारा सम्मानित गरिएको हो। ग्लोकल टिन हिरो अभियानले विगत एक दशकदेखि शैक्षिक पठनपाठनभन्दा बाहिर विभिन्न सामाजिक, रचनात्मक तथा नेतृत्व विकासका क्षेत्रमा सक्रिय किशोरकिशोरीहरूलाई सम्मान गर्दै आएको छ।

यस वर्षको प्रतिस्पर्धामा कृष यादव शीर्ष ६ अन्तिम प्रतिस्पर्धीहरूमध्येबाट छनोट भएका थिए। उनीसँगै मनुषी न्यौपाने, निश्चल ढुंगाना, अक्सफोर्ड आचार्य, रेनुका सिंह, र सफल पौडेल पनि उत्कृष्ट प्रतिस्पर्धीका रूपमा रहेका थिए। ग्लोकल टिन हिरो नेपालको अन्तिम चरणका लागि उनीहरूको उपलब्धि, पहल, योगदान र कार्यको प्रभावका आधारमा छोटो सूचीमा राखिएको थियो।

अन्तिम प्रतिस्पर्धीहरूले विभिन्न विषयमा आत्मक्षमता कार्यशालाहरूको शृङ्खलामा पनि भाग लिए र उद्योगका नेताहरू तथा कर्पोरेट व्यक्तित्वहरूसँग आफ्नो ज्ञान बढाउने अवसर प्राप्त गरेका थिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro Viber

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको