नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष तथा प्रभु इन्स्योरेन्सका अध्यक्ष राजेन्द्र मल्ललाई प्रोफेशनल अचिभमेन्ट अवार्ड टिमले प्रदान गर्ने आईकोनिक इन्टरप्रिनरसिप अवार्डबाट सम्मानित गरिएको छ । नेपालको औद्योगिक तथा व्यवसायिक क्षेत्रमा गरेको योगदानको उच्च प्रशंसा स्वरुप मल्ललाई आईकोनिक इन्टरप्रिनरसिप अवार्ड प्रदान गरिएको हो ।
शनिवार आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मल्ललाई प्रमाणपत्र सहित सम्मान गरेका हुन् । चार दशकदेखि निरन्तर उद्योग, वाणिज्य र बीमा क्षेत्रसँग आबद्ध रहेर निजी क्षेत्रको सुदृढीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका मल्ल यसअघि नेपाल चेम्बर अफ कमर्सको अध्यक्ष पदमा रहेर निजी क्षेत्रको माग एवं सरकारसंग हातेमालो गर्दै आएका छन् ।
सम्मान ग्रहण गरेपछि मल्लले आईकोनिक इन्टरप्रिनरसिप अवार्डले आफूलाई अझ ठूलो जिम्मेवारी थपिएको महसुस भएको बताए । ‘नेपालको औद्योगिक र व्यवसायिक क्षेत्रको समृद्धिका लागि अझै सक्रिय रहन यो अवार्डले हौसला र प्रेरणा दिएको छ,’ उनले भने । अध्यक्ष मल्ल हाल निर्जीवन बीमा व्यवसायी संघको अध्यक्ष समेत रहेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस