Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंक र बेस्ट वेस्टर्न प्लस काठमाडौंबिच सम्झौता, ग्राहक र कर्मचारीहरूलाई छुट सुविधा

अर्थ संसार

बुधबार, १८ भदौ २०८२, १८ : ११ मा प्रकाशित

एनएमबि बैंक र बेस्ट वेस्टर्न प्लस काठमाडौंबिच सम्झौता, ग्राहक र कर्मचारीहरूलाई छुट सुविधा

एनएमबि बैंकले आफ्ना ग्राहकहरू तथा कर्मचारीहरूका लागि विशेष सुविधा प्रदान गर्नका लागि बेस्ट वेस्टर्न प्लस काठमाडौं  होटलसँग साझेदारी गरेको छ । 

उक्त साझेदारी मार्फत, एनएमबि बैंकका कार्डवाहकहरूले बेस्ट वेस्टर्न प्लस काठमाडौं होटलमा कोठा बुकिङ गर्दा २० प्रतिशत छुट पाउनुहुनेछ, जसले बैंकका आफ्ना ग्राहकहरू तथा कर्मचारीहरूको बसाइ अझ किफायती र सहज हुनेछ ।  साथै, बैंकका आफ्ना ग्राहकहरू तथा कर्मचारीहरूले होटलका प्रख्यात रेस्टुरेन्टहरू, सनराइज क्याफे र ला भिस्टा रूफटप क्याफेमा खानामा, बेकरीका सबै सामानमा तथा होटलको स्विमिङ पल प्रयोगमा १० प्रतिशत छुट पनि प्राप्त गर्नुहुनेछ । 

एनएमबि बैंकले हाल देशभर २०२ शाखाहरू, १८७ एटिएमहरू र ९ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro Viber

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको