Like us!
Follow us!
Connect us!
Watch us!

मितेरी सहकारी प्रकरण - अध्यक्ष गुरुङलाई ३५ लाख धरौटीमा छाड्न अदालतको आदेश

अर्थ संसार

शुक्रबार, २० भदौ २०८२, १२ : ०३ मा प्रकाशित

मितेरी सहकारी प्रकरण - अध्यक्ष गुरुङलाई ३५ लाख धरौटीमा छाड्न अदालतको आदेश

मितेरी सहकारीका अध्यक्ष कुम्भराज गुरुङलाई अदालतले ३५ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ। न्यायाधीश निर्मला योङयाको इजलासले थुनछेक बहसपछि गुरुङलाई धरौटीमा छाड्ने निर्णय गरेको हो।

अदालतले गुरुङलाई दोषी ठहर गर्नुपर्ने अवस्था देखिए पनि उनी ८१ वर्षीय ज्येष्ठ नागरिक भएको, स्वास्थ्य अवस्था, आरोपित कसुरको प्रकृति, त्यसमा गुरुङको संलग्नता र सम्भावित सजायलाई ध्यानमा राखी थुनामा राख्न आवश्यक नरहेको ठहर गरेको छ। मितेरी सहकारीले सावाँ र ब्याजसहित करिब १४ करोड रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। साथै, पदाधिकारीहरू मार्फत थप रकम समेत मिसाएर कुल ठगी रकम करिब २२ करोड रुपैयाँ पुगेको उल्लेख छ।

यसअघि यही प्रकरणमा संलग्न अभियुक्तहरू ज्योति भण्डारी र सुवास खत्रीलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। अर्का अभियुक्त सुरेश अधिकारी ७ लाख रुपैयाँ धरौटीमा रिहा भइसकेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको