Like us!
Follow us!
Connect us!
Watch us!

सामाजिक सञ्जालले पनि देशको कानुन मान्नुपर्छ - पुर्व कानुनमन्त्री गुरुङ

अर्थ संसार

शुक्रबार, २० भदौ २०८२, १४ : २५ मा प्रकाशित

सामाजिक सञ्जालले पनि देशको कानुन मान्नुपर्छ - पुर्व कानुनमन्त्री गुरुङ

नेपाली काङ्ग्रेसका उपसभापति पुर्व कानुन मन्त्री धनराज गुरुङले देशभर संचालन हुने चिया पसल देखि सामाजिक सञ्जालले कानुन मान्नुपर्ने  बताएका छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्मचारी युनियनको शुक्रबार देखि प्रधान कार्यालयमा सुरु भएको विशेष अधिवेशनलाई सम्बोधन गर्दै उनले कानुन सबैले मान्नुपर्ने बताएका हुन् । । 'सानो चिया पसल चलाउदा दर्ता गर्नुपर्ने यत्रो सामाजिक सञ्जाल संचालन गर्दा दर्ता गर्नु पर्दैन ?' उनको प्रश्न थियो ।

पछिल्लो समय नेताहरु स्टण्डवादको पछि लागेको उल्लेख गर्दै स्टण्ड दीर्घकालीन समस्याको समाधान नहुने बताए । सामाजिक सञ्जाल टिकटकको उदाहरण दिदै उनले केही महिना लागि बन्द भएको टिकटक दर्ता भएपछि पुन सुचारु भएको उल्लेख गरे । उनले भने,'म कानुन मन्त्री भएकै बेला नेपालमा टिकटक बन्द भएको थियो, दर्ता भएपछि पुन संचाल भयो।'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको