Like us!
Follow us!
Connect us!
Watch us!

सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरूद्ध जेनजी पुस्ताको अगुवाइमा आन्दोलन, माइतीघरमा भोलि विशाल प्रदर्शन हुने

अर्थ संसार

आइतबार, २२ भदौ २०८२, ११ : ४९ मा प्रकाशित

सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरूद्ध जेनजी पुस्ताको अगुवाइमा आन्दोलन, माइतीघरमा भोलि विशाल प्रदर्शन हुने

जेनजी पुस्ता (सन् १९९७ देखि २०१२ को बीचमा जन्मिएका) ले सोमबार काठमाडौंमा प्रदर्शन गर्ने भएका छन्। सामाजिक सञ्जाल बन्दको विरोधमा र भ्रष्टाचारविरूद्ध उनीहरूले माइतीघर मण्डलमा भदौ २३ गते बिहान ११ बजे प्रदर्शन गर्नेछन्।

विद्यार्थीहरू पोशाक लगाएर परिचय पत्रसहित कम्तीमा एउटा किताबसहित माइतीघर मण्डलमा उपस्थित हुन उनीहरूले आग्रह गरेका छन्। यसबारे सामाजिक सञ्जाल टिकटकमा ट्रेण्ड नै चलिरहेको छ। 

नेपालमा दर्ता गर्न नआएका सामाजिक सञ्जाललाई सरकारले बन्द गर्ने निर्णय गरेको थियो।  प्रधानमन्त्री भइसकेका मानिसहरू संलग्न आरोप लागेका तर अझै पनि कानुनी दायरामा नआएका ललिता निवास जग्गा प्रकरण लगायत ठूला भ्रष्टाचार, वंशवाद, असमान सम्झौता, नागरिक अधिकार हनन्, बेरोजगारीलगायत मुद्दा उठान गर्दै जेनजी पुस्ताले प्रदर्शन गर्न लागेका हुन्। 

उनीहरूले देशमा सुशासन र रोजगारी सिर्जनाको वातावरण आवश्यक रहेको समेत बताएका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको