बैंकिङ कसूर मुद्दामा फरार एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोलखा घर भई भक्तपुरको चाँगुनारायणमा बस्ने ३८ वर्षीया रञ्जिता थापा (सिटौला)रहेकी छिन् ।
काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि फरार थापालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले भक्तपुरबाट नियन्त्रणमा लिएको हो। उनलाई आवश्यक कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको प्रहरीले जनाएको छ।
थापामाथि करिब १५ लाख रुपैयाँ बिगो रहेको बैंकिङ कसूर मुद्दा रहेको छ। साथै, अनुसन्धानका क्रममा उनीमाथि अन्य दुई मुद्दामा समेत फरार रहेकाले थप मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार, लैनचौर प्रहरी वृत्तमा दर्ता भएको बैंकिङ कसूर मुद्दामा २७ लाख रुपैयाँ र जिल्ला प्रहरी कार्यालय दोलखामा दर्ता भएको अर्को मुद्दामा ३७ लाख ४९ हजार रुपैयाँ बिगो रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस