Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम एसोसिएट्स विटगन ग्रुपका निर्माण उपकरणको आधिकारिक बिक्रेता

अर्थ संसार

आइतबार, २२ भदौ २०८२, १६ : ०२ मा प्रकाशित

प्राइम एसोसिएट्स विटगन ग्रुपका निर्माण उपकरणको आधिकारिक बिक्रेता

विगत १८ वर्षदेखि अटोमोबाइल तथा निर्माण उपकरण क्षेत्रमा क्रियाशील प्राइम एसोसिएट्स प्रा.लि. अब जोन डियरे ग्रुप अन्तर्गतको विटगन ग्रुप का अत्याधुनिक निर्माण उपकरणको नेपालका लागि आधिकारिक बिक्रेता बनेको छ। काठमाडौंमा आयोजित कार्यक्रममा विटगन ग्रुपका एमडी/सीईओ रमेश पलागिरी र प्राइम एसोसिएट्सका कार्यकारी निर्देशक दिपक आचार्य बीच सम्झौता आदानप्रदान भएको हो। उक्त अवसरमा नयाँ ग्राहकहरूलाई उपकरणको चाबी पनि हस्तान्तरण गरियो।

सीईओ पलागिरीले विटगन ब्रान्डका उपकरणहरू नेपाली बजारमा लोकप्रिय बन्दै गएको उल्लेख गर्दै यसको प्रयोग अझ बढ्ने अपेक्षा व्यक्त गरे। आचार्यले कम्पनीले नेपाली उपभोक्तालाई गुणस्तरीय निर्माण सामग्री उपलब्ध गराउन प्रतिबद्ध रहेको बताए। प्राइम एसोसिएट्सले सडक निर्माणका लागि आवश्यक अस्फाल्ट प्लान्ट, पेभर, ब्रुमर, स्टोन क्रसर लगायत उपकरण तथा सेल्फ लोडिङ मिक्सचर उपलब्ध गराउँदै आएको छ।

विटगन ग्रुपका विटगन, भोग्ले, ह्याम र क्लिम्यान ब्रान्डका मेसिनहरू सडक निर्माण तथा पूर्वाधार विकासका लागि विश्वभर प्रयोगमा आइरहेका छन्। नेपालमा पनि ह्यामको डबल ड्रम रोलर, भोग्लेको पेभिङ मेसिन, विटगनको मिलिङ मेसिन, क्लिम्यानको क्रसिङ मेसिन लगायत उपकरण सफलतापूर्वक प्रयोग हुँदै आएका छन्। हालै प्राइम एसोसिएट्सले ह्याम ब्रान्डको मिनी रोलर HD 12 VV नेपाली बजारमा लन्च गरेको छ, जसमा इको-फ्रेन्ड्ली इन्जिन, दुई भाइब्रेटिङ ड्रम, थ्री–पोइन्ट आर्टिक्युलेसन, र इन्टेलिजेन्ट वाटर स्प्रिङकलर सिस्टम जस्ता विशेषताहरू छन्।

देशभर सेवा केन्द्र विस्तार गर्दै, कम्पनीले दक्ष प्राविधिक तथा स्पेयर पार्ट्स उपलब्ध गराउँदै गुणस्तरीय बिक्रीपछिको सेवा प्रदान गरिरहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको