Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रपति भवन,सिंहदरबार र लैनचौर आसपासका क्षेत्रमा पनि कर्फ्यु

अर्थ संसार

सोमबार, २३ भदौ २०८२, १३ : ३६ मा प्रकाशित

राष्ट्रपति भवन,सिंहदरबार र लैनचौर आसपासका क्षेत्रमा पनि कर्फ्यु

जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यु क्षेत्र विस्तार गरेको छ। प्रारम्भमा बानेश्वर–तिनकुने क्षेत्रसम्म सीमित कर्फ्यु आदेशलाई प्रशासनले पछि विस्तार गर्दै थप संवेदनशील स्थानहरू समेटेको हो। प्रशासनका अनुसार अब राष्ट्रपतिको कार्यालय शीतल निवास, उपराष्ट्रपतिको कार्यालय लैनचौर, नारायणहिटी दरबार संग्रहालय र सिंहदरबार क्षेत्र पनि कर्फ्यु अन्तर्गत पर्ने छन्।

प्रशासन कार्यालयद्वारा जारी आदेश अनुसार आज दिउँसो १ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यु लागू गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको